बितेको २४ घण्टामा ८८५ संक्रमित थपिए



काठमाडौं,भदौ १० । पछिल्लो क्रममा नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ । संक्रमितको संख्या ३४ हजार नाघेको छ ।

पछिल्लो २४ घन्टामा ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टिसंगै कुल संक्रमितको संख्या ३४ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १९ हजार ५ सय ४ जना संक्रमणमुक्त भएका छन् । बुधबार मात्रै ३८५ जना संक्रमणमुक्त भएको डाक्टर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्