काठमाडौं उपत्यकामा आजसम्मकै सर्वाधिक ३०१ संक्रमित थपिए



काठमाडौं, भदौ १० । काठमाडौं उपत्यकामा एकै दिन ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  २३० जना र ललितपुरका ४७ जना र भक्तपुरका  २४ जना रहेका छन् । यो संख्या आजसम्मकै उच्च संक्रमण संख्या हो। देशभर ८ सय  ८५ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ३ सय १ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी बितेको २४ घण्टामा  ३८५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । बुधबारसम्म संक्रमण मुक्त भई घर फर्कनेको सख्या १९ हजार  ५ सय  ४ रहेको छ ।

देशभर कुल संक्रमितको सख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्