कोरोनाबाट थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १७५ पुग्यो



काठमाडौं, भदौ १० ।

नेपालमा बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् ।

यसअघि हिजो मंगलबार नेपालमा ७ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्