तमु समाज यूकेको नयाँ भवनमा प्रवेश पूजा कार्यक्रम सम्पन्‍न



शिबकुमार गुरुङ लन्डन भदौ १०।

लन्डन ग्रिनफोर्डस्थित तमु समाज यूकेले किनेको नयाँ भवनमा आइतबार २३ अगष्ट २०२०को दिन औपचारिक प्रवेश गरी बिधिवत रुपमा भवनको प्राण प्रतिष्ठान तथा प्रवेश पूजा कार्यक्रम सम्पन्‍न गरेको छ ।

कार्यक्रममा तमु समाज यूकेका अध्यक्ष शिबचन्द्र गुरुङ, उपाध्यक्ष तथा सामाजिक भवन समितिका संयोजक शिवकुमार गुरुङ र आमा समूहकी अध्यक्ष बिन्दु घलेले संयुक्तरुपमा रिबन काटेर मुल ढोका खोली कन्या सुबिना घलेको अगुवाईमा सामाजिक भवन समितिका सदस्यहरु शुभ मुहूर्त पारी नयाँ भवनमा औपचारिक प्रवेश गरेका थिए। देवाचन बुदिष्ट सेन्टरका अध्यक्ष तथा प्रमुख लामा धर्मगुरु लामा धरमबहादुर गुरुङले बिधिवत रुपमा नयाँ भवनको प्राण प्रतिष्ठान तथा प्रवेश पूजा संचालन गरेका थिए ।

भवन प्रवेश तथा प्राण प्रतिष्ठान पूजा कार्यक्रममा तमु समाज यूकेका अध्यक्ष शिवचन्द्र गरुङ, उपाध्यक्ष शिबकुमार गुरुङ तथा समाजका महासचिव हर्कबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष बिन्दु घले आमा समूहका निवर्तमान अध्यक्ष तथा तमु समाज यूकेका सल्लाहकार माया गुरुङ, सल्लाहकार बिजु गुरुङ, सल्लाहकार टंकराम गरुङ, सल्लहाकार केदारबहादुर गुरुङ, युवा समूहका अध्यक्ष ओमकार गुरुङ, आजीवन सदस्य सूर्यकुमारी गुरुङ, आजीवन सदस्य उमादेवी गुरुङ, आजीवन सदस्य नवराज गुरुङ र युवा सदस्य सुबिना घले सहभागी थिए ।

उक्त भवनमा औपचारिक प्रवेश गरेपछि पूजा कार्यक्रमको अध्यक्ष शिवचन्द्र गरुङ, उपाध्यक्ष शिवकुमार गुरुङ र आमा समूहकी अध्यक्ष बिन्दु घलेद्वारा संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी आरम्भ गरेका थिए भने महासचिव हर्कबहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा उपाध्यक्ष तथा सामाजिक भवन समितिका संयोजक शिबकुमार गरुङले धन्यवाद मन्तब्य दिएका थिए । मन्तब्यमा उक्त सामजिक भवनमा सदा शुभकार्य तथा राम्रा राम्रा कार्यक्रमहरु संचालन गर्न पाओस् र सबैको सामाजिक तथा सांस्कृतिक आस्थाको केन्द्र बनोस् भन्ने हार्दिक शुभकामना ब्यक्त गर्दै कार्यक्रममा सहभागी सबैलाई र देश तथा बिदेशमा रहनु हुने सामाजिक भवन खरिदका लागि दान दिनुहुने सम्पूर्ण चन्दा दाताहरुलाई हार्दिक कृतज्ञात पनि ब्यक्त गरेका थिए ।

कार्यक्रममा पूजाको लागि आबश्यक सामग्रीहरु आमा समूहकी अध्यक्ष बिन्दु घलेले ब्यबस्थापन गरेकी थिइन् । कार्यक्रममा उपस्थित सबैलाई बिभिन्न परिकारको भोजन तथा पेयपदार्थ पनि आमा समूहका अध्यक्ष लगायत उपस्थित सम्पूर्ण आमाहरु तथा सामाजिक भवन समितिका सदस्य दिदीबहिनीहरुले ब्यबस्थापन गरेका थिए ।

बिश्वब्यपी महामारिकोरुपमा ब्याप्त कोरोना भाइरस कोभिड (१९को बिषम परिस्थितिमा लकडाउनको सरकारी निर्देशनलाई अबलम्बन गर्नै पर्ने भएकोले तमु समाज यूकेको यस ऐतिहासिक प्रवेश पूजा कार्यक्रममा चाहेर पनि सम्पूर्ण सदस्यहरुलाई उपस्थित गराउन असमर्थ भएको हो । यसर्थ कार्यक्रममा कार्यसमितिका केही सीमित व्यक्तित्व र सामाजिक भवन खरिद परियोजना समितिका सदस्यहरु मात्रा सहभागी भएका थिए । उक्त कार्यक्रममा उपस्थित भएका तमु समाज यूकेका अध्यक्षलगायत सम्पूर्ण पदाधिकारीहरु र सदस्यहरु अत्यन्तै हर्षित र गौरवन्तित भएका थिए ।

तमु समाज यूके सामाजिक भवन खरिद परियोजना समितिमा उपाध्यक्ष शिबकुमार गुरुङ संयोजक, ले।रि पन्चबहादुर गुरुङ, केदारबहादुर गुरुङ, बिन्दु घले, माया गुरुङ, बिजु गुरुङ, उमादेवी गुरुङ, टंकराम गुरुङ, ज्ञानबहादुर गुरुङ, हरिमान गरुङ र टिकादेवी गुरुङ समितिका सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्