‘क्यानडा पठाइदिन्छु’ भन्दै २१ लाख ठगी गर्ने पक्राउ



काठमाडौं,भदौ ११ । क्यानडा पठाइदिने भन्दै २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतका २९ वर्षीय ध्रुव थापा, २४ वर्षीय सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् । उनीहरुलाई बुधबार दिउँसो धापासीबाट प्रहरीले पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले मोरङ शनिश्चरे घर भई कपन सरस्वतीनगर बस्ने नारायण खड्कालाई क्यानडा पठाइदिन्छु भनी २१ लाख ठगी गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रारम्भिक रूपमा खड्कासँग २१ लाख ठगे पनि उनीहरूले अरू पनि धेरै व्यक्तिलाई ठगेको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्