सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध



चितवन,भदौ ११ । सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा बुधबार बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्