काठमाडौं उपत्यकामा निषेधाज्ञा पुनः थपिएसँगै चेकजाँचमा कडाइ



काठमाडौं , भदौ ११ ।

विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ को संक्रमण काठमाडौं उपत्यका भित्र निरन्तर बढिरहेको छ ।कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि निषेधाज्ञा लागू गरिएको छ । यसैबीच काठमाडौं उपत्यकामा निषेधाज्ञा पुनः थपिएसँगै चेकजाँचमा कडाइ गरिएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि नियन्त्रणका लागि स्थानीय प्रशासनले दोस्रो पटक जारी गरेको निषेधाज्ञाको पहिलो दिन बिहानैदेखि सुरक्षाकर्मीले नाका लगायत शहरका विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरेका हुन् ।

काठमाडौं उपत्यकाका तीनै जिल्लामा आगामी बुधबार सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय प्रशासनले गरेको थियो ।नागढुङ्गा नाकाबाट खाद्यान्न, फलफूल, औषधि, तरकारी, दुग्ध र मासुजन्य सामग्री बोकेका सवारी साधनलाई सहजै प्रवेश गर्न दिइएको छ ।

त्यसबाहेक एम्बुलेन्स, निर्माणजन्य सामग्री बोेकेका सवारी साधनहरु पनि सोधपुछ गरी उपत्यका प्रवेश गर्न दिइएको छ ।त्यस्तै अत्यावश्यक कामका लागि आउनेहरुलाई पनि सोधपुछ गरी सम्पर्क विवरण टिपेर प्रवेश गर्न दिएको छ ।यताकोरोना संक्रमण हुने क्रम दिनप्रतिदिन बढ्दै गएकाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रंमुख जिल्ला अधिकारीबीच बुधबार बिहान बसेको संयुक्त बैठकले निषेधाज्ञा भदौ १७ गतेसम्मका लागि थप गरेको हो । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवाका बाहेक कार्यालय संचालन गर्न पाइँदैन । तोकिएको समयमा मात्र सवारी साधन चलाउन पाइने भएको छ ।

खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा भने संचालनमा रहनेछन् । पछिल्लो समय कोरोना संक्रमण दर बढेको र सुरक्षा सावधानी पर्याप्त मात्रामा नअपनाइएको भन्दै सरकारले कडाइ गर्दै लगेको छ ।

प्रतिक्रिया दिनुहोस्