नुवाकोटको शिवपुरीमा एकैदिन ७ जनामा कोरोना संक्रमण पुष्टि



साझापथ संवाददाता

नुवाकोट,भदौ ११ । नुवाकोटको शिवपुरी गाँउपालीकामा एकैदिन ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेमा गाँउपालीकाको कर्मचारी सहित ७ जना रहेको शिवपुरी गाउँपालिकाले जनाएको छ।संक्रमितमध्ये गाँउपालीकाको वडा नम्बर १ मा १ जना, वडा नम्बर ४ मा २ जना, वडा नम्बर ५ मा ३ जना र गाँउपालीकाको एक जना कर्मचारीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरुलाई गाउँपालिकामा जम्मा गरेर जिल्ला अस्पतालमा पठाउने तयारी भैरहेको गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले बताए ।

गएको भदौ ८ गते गाँउपालीका भित्रका पसल व्यवसाय गर्नेहरु, गाडी ड्राइभरहरु र गाँउपालीकाका कर्मचारी सहितलाई ६७ जनाको कोरोना परिक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये को ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्