कञ्चनपुरमा उच्च ज्वरोका कारण आठ जनाको मृत्यु



कञ्चनपुर भदौ ११ ।

उच्च ज्वरो आएका कञ्चनपुरका आठजनाको मृत्यु भएको छ । दुई साताको अवधिमा कञ्चनपुरको महाकाली नगरपालिका क्षेत्रका आठजनाको मुत्यु भएको हो ।

साउन अन्तिमदेखि भदौ पहिलो सातासम्ममा ज्वरो आएर उपचारका लागि दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा गएका आठजनाको मृत्यु भएको छ । दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. गगन चौधरीले १०३ डिग्री भन्दा बढी ज्वरो आएका बिरामी उपचारका लागि आएको बताए ।

महाकाली नगरपालिका १ का १५ वर्षीय प्रकज चन्द, २५ वर्षीय मोहन दमाई, ३ का ३० वर्षीय मान बहादुर सुनार, ७५ वर्षीय तुलसिंह थापा, ३८ वर्षीय रतन बुडा मगर, ४ का २१ वर्षीय प्रेम चन्द, ५ का ६५ वर्षीय गम्भिर सिह भण्डारी र ७ की १४ वर्षीया बालिका पुजा बोगटीको मुत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्