नेपाली फर्काउन देश अनुसारको उद्धार नीति बनाऊ :एनआएनए



काठमाडौं भदौ ११ ।

संसदको महिला तथा सामाजिक समितिले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काउन देश अनुसार फरक फरक उद्धार नीति बनाउन सरकारलाई निर्देशन दिएको छ ।

विभिन्न देशका राजदूत, गैरआवासीय नेपाली संघ एनआएनएका प्रतिनिधि र विभिन्न मन्त्रालयका प्रतिनिधिसँग प्रविधिको माध्यमबाट छलफल गर्दै समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

कुन देशको समस्या कस्तो हो, कस्ता नेपालीहरुलाई उद्धार गर्नुपर्ने र सम्बन्धित देशमा कोरोना भाइरस कोभिड–१९ को अवस्था के छ भन्ने समेत नहेरी सरकारले विदेशमा रहेका नेपाली उद्धारमा एउटै नीति लिँदा समस्या भएको राजदूतहरको गुनासो थियो ।

सरकारले खोलेको नियमित उडान र स्वदेश फिर्ता गराउनुपर्ने नेपालीबीच तालमेल नमिलेको राजदूतहरुले बताएका थिए । समितिले वैदेशिक रोजगारीमा देखिएका समस्या दीर्घकालीन समस्या समाधानका लागि तत्काल संयन्त्र बनाउन पनि समितिले निर्देशन दिएको छ ।

त्यस्तो संयन्त्रमा एनआरएनए, महिला मन्त्रालय, पर्यटन मन्त्रालय, श्रम परराष्ट्र मन्त्रालय र राजदुतवासहरुको सहभागितालाई ध्यान दिन समिति सभापति निरुदेवी पालले आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्