काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३७७ संक्रमित थपिए



काठमाडौं,भदौ ११ । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकामा ह्वात्तै वृद्धि भएको छ । बितेको २४ घण्टामा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएकामध्ये काठमाडौंमा २ सय ७०, भक्तपुरमा ४१ र ललितपुरमा ६६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्