कोरोना अपडेट: बितेको २४ घण्टामा ११११ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, भदौ ११ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ११ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३५ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म २० हजार ७३ जना संक्रमणमुक्त भएका छन् । बिहिवार ५६९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ८ जनाले ज्यान गुमाएका छन् ।योसंगै हालसम्म १८३ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्