नुवाकोटको थान्सिङमा एक पुरुष मृत भेटिए



मृत भेटिएका कार्की

साझापथ संवाददाता

नुवाकोट,भदौ ११ । नुवाकोटको थान्सिङमा एक पुरुष मृत भेटिएका छन्। मृत भेटिएका ब्यक्ति काठमाडौं मुलपानी स्थायी निवासी सुदिप कार्की रहेको छहरे प्रहरी चौकीले जनाएको छ।

नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६ स्थित ग्यालेक्सी होटलमा कोठा लिएर बसेका अन्दाजी ३० वर्षीय कार्की बिहिवार बिहान खाना खाएर सुतेको तर साझपख मृत भेटिएको बताइएको छ।

प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाउने तयारी गरेको छहरे प्रहरी पोस्टले साझापथलाई जनाए ।

प्रतिक्रिया दिनुहोस्