बिहिवार हालसम्मकै सर्वाधिक बढी संक्रमित कुन जिल्लाको कति?(सूची सहित)



काठमाडौं,भदौ १२ । नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघेको छ। बिहिवार सार्वजनिक बितेको २४ घण्टाको तथ्यांकअनुसार थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टिसँगै संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको थियो ।

४७ जिल्लाका ३ सय ३४ महिला र ७ सय ७७ पुरुष सहित १ हजार १ सय ११ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रदेश १

• खोटाङमा १,
• मोरङमा २०
• संखुवासभामा ४
• सुनसरीमा ३८

प्रदेश २

• धुनषाका ३९
• पर्साका ८५
• बाराका ३०
• महोत्तरीका ७
• रौतहटका १५
• सप्तरीका २२
• सर्लाहीका ६
• सिराहाका ७ जना

बागमती प्रदेश(प्रदेश ३)

• काठमाडौंका २७०
• काभ्रेको १३
• चितवनको ४५
• दोलखाका २
• धादिङका १
• नुवाकोटका ७
• भक्तपुरका ४१
• मकवानपुरका ६३
• रामेछापका ६
• ललितपुुरका ६६
• सिन्धुपाल्चोकका ३
• सिन्धुलीका ५

गण्डकी प्रदेश

• कास्कीमा २
• गोरखामा १
• तनहुँमा ११
• नवलपरासी पूर्वमा १७
• पर्वतमा १
• लमजुङमा ३
• बागलुङमा ८

प्रदेश ५

• कपिलवस्तुका २१
• गुल्मीका ३
• दाङका २
• नवलपरासीका १८
• प्युठानका ४
• बर्दियाका १
• बाँकेका ७५
• रुपन्देहीका ७२

कर्णाली प्रदेश

• जाजरकोटमा ५
• दैलेखमा १२
• सुर्खेतमा ९

सुदूरपश्चिम प्रदेश

• कञ्चनपुरमा ६
• कैलालीमा २०
• डोटीमा ६
• बझाङमा १
• बैतडीमा १७

कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ६ लाख ४७ हजार ८ सय ८१ पुगेको छ।

कुल संक्रमितमध्ये १५ हजार २ सय ७३ जना सक्रिय संक्रमित छन्। क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या ९ हजार ४ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्