शुक्रबार विहान दुई कोरोना संक्रमितको मृत्यु



धरान, भदौ १२ । धरानको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारका क्रममा एक महिलासहित दुईको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको बेलबारीकी महिला र झापा दमक–३ का पुरुष रहेका छन् ।उनीहरुको शुक्रबार बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

बेलबारी–५ की ५६ वर्षीया महिला र झापा दमक–३ का ८३ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्