पाकिस्तानको पञ्जाबमा घर भत्किँदा १० को मृत्यु



एजेन्सी,भदौ २०। पाकिस्तानको पूर्वी पञ्जाबमा घर भत्किँदा १० जनाको मृत्यु भएको छ। पञ्जाबको चकवाल जिल्लामा शुक्रवार घर भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सो क्षेत्रमा खटिएका  उद्धारकर्मीका अनुसार एउटा घरको छत खसी अर्को घरमाथि पर्दा चार जनाको मृत्यु भएको र अन्य थुप्रै घाइते भएका छन् । अर्को एक चकवालको यस्तै घटनामा तीन महिला र एक बालकसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । 

घटनापछि उद्धार टोली घटनास्थलमा पुगी मृतक तथा घाइतेहरू भग्नावशेषबाट निकालिएको छ । श्रोतका अनुसार भारी वर्षा र जीर्ण घर भएकाले घटना भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्