चिन भन्छ : भारतका कारण सीमा क्षेत्रमा तनाव भयो



एजेन्सी भदौ २० ।

चीन र भारतबीच रक्षामन्त्रीस्तरीय छलफल भएको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिहं र चिनियाँ रक्षामन्त्री वेइ फेंगबीच शनिबार रुसमा भेटवार्ता भएको हो। छलफलमा चीनका रक्षामन्त्री वेइले चीन र भारतबीच जारी सीमा विवाद निम्तनुमा भारत पुरै जिम्मेवार रहेको आरोप लगाएको चिनियाँ संचारमाध्यम सिन्ह्वाले जनाएको छ ।

मन्त्री फेंगले शनिबारको वैठकका क्रममा भारतका रक्षामन्त्री सिंहलाई तनाव कम गर्न निपष्क्ष वार्ता महत्वपूर्ण रहेको बताएका थिए। उनले चीन आफ्नो सार्वभौमिकता रक्षा गर्न कटिबद्ध भएको पनि बताएका थिए।

शान्तिका लागि दुवै देशले एकसाथ मिलेर काम गर्नुपर्ने पनि चिनियाँ रक्षामन्त्रीको भनाइ थियो। भारतले सीमामा उत्तजेक गतिविधि र चीनबारे भ्रामक प्रचार गर्न नहुने पनि उनले बताए। दुवै देशले चीनका राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको महत्वपूर्ण सम्झौता कार्यान्वयन गर्नुपर्नेमा चिनियाँ पक्षको जोड छ।

गत जुन १५ मा लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा दुई देशका सेनाबीच झडप भएयताकै पछिलोपटक दुई देशका ठूलो राजनीतिक नेता आमनेसामने भएर वैठकमा सहभागी भएका हुन्। त्यसबेलाको झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो। चिनियाँ पक्षले भने आफ्ना सेनाको अवस्थाको बारेमा कुनै जानकारी दिएको थिएन।

गत जुलाई १५ सँगै अगष्टको अन्तिममा पनि चिनियाँ र भारतीय सेनाबीच झडप भएको थियो। दुवै झडपमा दुवै पक्षले एकअर्कालाई आरोप लगाएका थिए। भारतले चिनियाँ सेना आफ्नो भूमिमा प्रवेश गरेको बताएको थियो। चिनियाँ भूमिमा भारतीय सेना प्रवेश गरेकाले विवाद निम्तिएको चीनको भनाइ थियो।

सीमा विवाद जारी रहेको समयमा सांघाई सहयोग संगठन एससीओको बैठकमा सहभागी हुन मस्को पुगेका भारतीय रक्षामन्त्री राजनाथ सिहं र चिनियाँ रक्षामन्त्री वेइ फेंगबीच शनिबार भेटवार्ता भएको हो। भारतीय संचारमाध्यमका अनुसार चिनियाँ आग्रहमा मस्कोमा दुई देशका रक्षामन्त्रीबीच छलफल भएको हो।

प्रतिक्रिया दिनुहोस्