भारतमा एकैदिन ७५ हजार बढीमा कोरोना संक्रमण पुष्टि



नयाँदिल्ली,भदौ २३ । भारतमा पछिल्लो २४ घण्टाभित्र थप ७५ हजार २२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन्। सोही अवधिमा त्यहाँ १ हजार १ सय २९ जना संक्रमितले ज्यान गुमाएका छन्।

भारतमा कूल संक्रमितको संख्या ४२ लाख ७७ हजार ५ सय ८४ पुगेको वर्ल्डोमिटर्सको पछिल्लो तथ्यांकले देखाएको छ। त्यहाँ हालसम्म कोरानाका कारण ७२ हजार ८ सय १६ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ८३ हजार ३ सय ४८ रहेको छ। हालसम्म ३३ लाख २१ हजार ४ सय २० जना उपचारपछि निको भएको तथ्यांक छ।

भारतमा सोमबार हालसम्मकै धेरै ९१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्