कोरोना भ्याक्सिन लगाएका एक ब्यक्ति बिरामी परेपछि परीक्षण स्थगित



एजेन्सी,भदौ २४ । बेलायतको अक्सफोर्ड विश्व विद्यालयले उत्पादन गरेको कोरोना विरुद्धको भ्याक्सिन परीक्षणका क्रममा एक व्यक्ति बिरामी परेपछि परीक्षण नै स्थगित गरिएको छ । यसले कोरोना नियन्त्रणका लागि भ्याक्सिन आउने कुरामा ठूलो धक्का लागेको विज्ञहरुले जनाएका छन् ।

यसअघि अक्सफोर्डसंग युरोप सहित विभिन्न राष्ट्रहरुले भ्याक्सिनको सम्झौता गर्न थालिसकेका थिए । अब यो स्थगित भएको परीक्षण कहिले सुचारु हुन्छ या यसका समस्या के हो भन्ने पहिचान गर्ने प्रयास भईरहेको बिबिसीले जनाएको छ ।

अक्सफोर्डको भ्याक्सिनमाथि विश्वले पतिक्षा गरे पनि यसले संकट थपेको छ । यस अघि नै रुसले तयार पारेको भ्याक्सिन सर्वसाधारणका लागि खुल्ला भईसकेको छ । चीनले उत्पादन गरेको भ्याक्सिन पनि अन्तिम चरणको ट्रायलमा विभिन्न देशमा प्रयोग भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्