कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ लाख नाघ्यो



काठमाडौं, भदौ २५ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर ९ लाख नाघेको छ। बिहिवार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या नौ लाख सात हजार नौ सय १९ पुगेको छ। त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कोरोना सक्रमितको संख्या भने दुई करोड ८० लाख नाघेको छ । त्यस्तै विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ८० लाख १९ हजार सात सय ७४ पुगेको छ । भने कोरोना जित्नेको संख्या दुई करोड ९५लाख नौ सय ५२ नाघेको छ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित रहेका छन ।

हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ९५ हजार दुई सय ३९, ब्राजिलमा एक लाख २८ हजार ६ सय ५३, भारतमा ७५ हजार ९१, मेक्सिकोमा ६९ हजार ९५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्