कोरोनाले साउदी अरेबियामा ५२ नेपालीको मृत्यु

साउदी अरेबिया, भदौ २५ । कोरोना संक्रमणले साउदी अरेबियामा ५२ नेपालीको मृत्यु भएको छ। संक्रमणमा परेकाको संख्या हालसम्म साउदी अरेबियामा ४ हजार १ सय ७ जना पुगेको छ।
साउदीस्थित नेपाली राजदुत महामहिम डा महेन्द्रप्रसाद राजपूत सिंहका अनुसार सुरुवाती दिनमा तीव्र रूपमा फैलिएकाले नेपाली पनि संक्रमित भएर ज्यान गुमाउनु परेको हो। कोरोनाबाट संक्रमित भएका नेपालीहरू उल्लेख्यनीय रूपमा निको भएको उनले बताए।
हालको तथ्याङअनुसार साउदीमा ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन। दुतावास रियाद र बाणिज्य दुतावास जेद्धाले स्रोत साधनले भ्याएसम्म साउदीमा कार्यरत नेपालीलाई कोरोना भाइरस सम्बन्धि सरकारको दिएको निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गर्दै आएको छ ।
कोरोना भाइरसबाट हालसम्म साउदीमा ३ लाख २३ हजार १२ जना संक्रमित हुनुको साथै २ लाख ९८ हजार ९ सय ६६ जना निको भएका छन् भने ४ हजार १ सय ६५ जनाको मृत्यु भएको छ। संक्रमितसँगै निको हुने औषत दर ९२ प्रतिशत रहेको बताइएको छ।
यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।