भारतमा एकैदिन थपिए ९५ हजार बढि कोरोना संक्रमित



एजेन्सी भदौ २५ ।

विश्वमा कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ९५ हजार ५ सय २९ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ४४ लाख ७० हजार नाघेको छ भने ७५ हजारभन्दा बढीले कोरोनाबाट ज्यान गुमाइसकेका छन्।

हाल भारतमा सक्रिय संक्रमितको संख्य ९ लाख २३ हजारभन्दा बढी छ भने ३४ लाखभन्दा धेरै निको भएर घर फर्किएका छन्। विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ८० लाख ४८ हजार पुगेको छ भने ९ लाख ८ हजारभन्दा बढीको मृत्यु भएको छ। विश्वभर २ करोडभन्दा धेरै मानिसहरु कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्