सिन्धुपाल्चोक पहिरो अपडेट: तीनको शव फेला, ५ को जीवितै उद्धार, २ दर्जन बेपत्ता



सिन्धुपाल्चोक, भदौ २८ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्क पहिरोमा परी बेपत्तामध्ये पाँच जनाको जीवितै उद्धार गरिएको छ । उद्धार लगत्तै उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

पहिरोमा तीन जनाको शव भेटिएको छ । सो स्थानमा कम्तीमा पनि २७ जना बेपत्ता भईरहेको हुन सक्ने प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकारी दिए। पहिरोले जनधनको क्षति बिवरण संकलन गरिदै रहेको निरीक्षक न्यौपानेले बताए ।

त्यस्तै, नागपुजेका ७ घरका १७ जना बेपत्ता छन् । आज राती २ बजेर ४६ मिनेटमा बस्तीमाथिबाट आएको पहिराले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको छ । उक्त घरका सबै बेपत्ता भएका छन् ।

भीरखर्कका १२ र नागपुच्छेका ६ घर र किम्बे गाउँमा पहिरोले बगाएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले बेपत्ताहरुको खोजी र उद्धारकार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्