बितेको २४ घण्टामा थप १ हजार ३९ मा कोरोना संक्रमण पुष्टि



काठमाडौं,भदौ २८ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको सख्या ५४ हजार  १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

हालसम्म ३८ हजार ६ सय  ९७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११ सय ७३ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्