बीपी प्रतिष्ठानमा मोरङका दुई संक्रमितको मृत्यु



विराटनगर, भदौ २९ । कोरोना भाइरस संक्रमित एक वृद्धसहित मोरङका दुई जना पुरुषको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ। मृतकमध्ये वृद्ध विराटनगर र अर्का पुरुष धनपालथानका हुन्।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुषको आइतबार राति ८:४५ बजे मृत्यु भएको हो। मृतकमा दीर्घ रोगको कुनै समस्या नदेखिएको जानकारी उनले दिए।

उपचारका लागि प्रतिष्ठान लगिएका मृतकको स्वाब संकलन गरेर प्रतिष्ठानकै ल्याबमा परीक्षण गराउँदा भदौ २६ गते संक्रमण पुष्टि भएको थियो। अर्थो अवजरवेसन वार्डमा राखेर उपचार गराइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि त्यही रात प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्