चितवनमा एक कोरोना संक्रमितको मृत्यु



चितवन,भदौ २९ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । संक्रमणबाट गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धाको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

ती ब्यक्ति ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी थिइन। उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११: ३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्