भारत, अमेरिका र ब्राजिलमा कोरोना संक्रमण तीव्र : डब्लुएचओ



काठमाडौं भदौ २९ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारत, अमेरिका र ब्राजिलमा कोरोना संक्रमण तीव्र वृद्धि देखिएको जनाएको छ । उक्त संगठनका अनुसार २४ घन्टामा विश्वमा ३ लाख ७ हजार ९ सय ३० नयाँ संक्रमित थपिएका छन् ।

शनिबार भारतमा ९४ हजार ३ सय ७२ जना र अमेरिका र ब्राजिलमा क्रमशः ४५ हजार ५ सय २३ र ४३ हजार ७ सय १८ नयाँ संक्रमित फेला परेका संगठनको रिपोर्टमा उल्लेख छ । सोही अवधिमा अमेरिका र भारतमा हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा ब्राजिलमा भने ८ सय ७४ जनाको मृत्यु भएको डब्लुएचओले जनाएको छ ।

कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ९ लाख १७ हजार ४ सय १७ पुगेको छ । संक्रमित संख्या विश्वमा २ करोड ८० लाख नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्