पाइलट विजय लामालाई कोरोना संक्रमण



काठमाडौं,भदौ २९ । नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ। चार दिन अगाडि दक्षिण सुडानका लागि भएको चार्टर्ड उडानबाट फर्केपछि कोरोना संक्रणम भएको क्याप्टेन लामाले बताएका छन्।

लामाले भने ‘‘उडानका क्रममा निरन्तर खटिरहेको थिएँ कतिबेला संक्रमण भएछ थाहै भएन। संक्रमण पुष्टि भएपछि अहिले सोल्टी होटलको आइसोलेशनमा छु।’’

लामाको टोलीले चार दिन अगाडि मात्रै शान्ति मिसनमा खटिएको नेपाली सेनाको एक टोलीलाई निगमको २७४ सिटको एक वाइडबडी जहाजमा लिए अफ्रिकी मुलुक दक्षिण सुडान लगेको थियो।

निगमका ७ जना क्याप्टेनसहित १४ जनालाई यसअघि संक्रमण भएको निगमले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्