नेपालमा ११ सय ७० कोरोना संक्रमित थपिए, २४ घन्टामा ८ सय ७९ डिस्चार्ज



काठमाडौँ भदौ २९ । नेपालमा ११ सय ७० कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ११ सय ७० जनामा संक्रमण पुष्टि भएको सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।

२४ घन्टामा डिस्चार्ज ८ सय ७९ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ ।

२४ घन्टामा १० हजार ८ सय ७८ पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्