सानु केसी र प्रतिमा अर्यालको काँठे लोकदोहोरी गीत ‘गैरी खेतमा ताल’ सार्वजनिक



काठमाडौं, भदौ २९ । चर्चित गायक/गायिकाद्वय सानु केसी र प्रतिमा अर्यालको काँठे लोकदोहोरी गीत ‘गैरी खेतमा ताल’ सार्वजनिक भएको छ ।

काँठे लोक तथा लाइभ दोहोरीमा ख्याति कमाएका गायक/गायिकाद्वय केसी र अर्यालको सोमबार ‘झुटो माया जाल’ सार्वजनिक भएको हो ।

नागबेली मिडियाको प्रस्तुतिमा रहेको उक्त गीतमा स्वर सानु केसी र प्रतिमा अर्यालको रहेको छ भने लय सुफिक्स मदनको रहेको छ । नारायण दङ्गालको एरेन्जर रहेको गीतमा सुरज श्रेष्ठ ,अनु पराजुली, सर्मिला तामाङ, रोशन तामाङ, सुदर्शन अधिकारी, कुमार ढकाल र रबि कार्कीको अभिनय रहेको छ ।

धिताल फिल्मसले दृश्य निर्माण गरेको गीतमा चर्चित भिडियो सम्पादक रोशन धितालले भिडियो सम्पादन गरेका छन। गीत नागवेली मिडिया युट्युब च्यानलबाट सार्वजनिक भएको छ। गीत अत्यन्तै राम्रो बनेको प्रतिक्रिया आइरहेको गायक सानु केसीले साझापथलाई बताए ।

हेर्नुस् गीतको पुरा भिडियो:-

प्रतिक्रिया दिनुहोस्