ललितपुरको महालक्ष्मी नगरपालिका प्रमुखलाई कोरोना संक्रमण



ललितपुर भदौ ३० । ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । उनले भने, “म हाल किष्ट मेडिकल कलेज ग्वार्कामा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।”

भदौ १५ गते कोरोना संक्रमण भएका काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर भने आइतबार कोरोना मुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्