अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो



चितवन भदौ ३० ।

नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना
गाउँपालिका–६ चारकिलोनजिक सोमबार राति पहिरो जाँदा अवरुद्ध भएको सडकको पहिरो पन्छाएर दुइतर्फी सवारी चल्न थालेका छन् ।

चार किलोको पहिरो सफा गरेर दिउँसो साढे २ बजेदेखि दुईतर्फी रुपमा यातायात सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्