पछिल्लो २४ घण्टामा १४५९ संक्रमित थपिए



काठमाडौं,भदौ ३० । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थपिएका १ हजार १ सय ७० जनासहित देशभर संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।

बितेको २४ घन्टामा १ हजार ६२ जना डिस्चार्ज र ११ जनाको ज्यान गएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्