सप्तरीमा एक कोरोना संक्रमितको मृत्यु, मृतक मिर्गौलापीडित रहेको चिकित्सकको भनाइ



सप्तरी भदौ ३१ । खडक नगरपालिका–३ का ३५ वर्षीय मिर्गौलापीडित एक पुरुषको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमित भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएका पुरुषको बुधबार बिहान उपचारका क्रममा
मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवका अनुसार एक वर्षदेखि मिर्गौला रोगबाट पीडित युवकले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा नियमित डायलासिस सेवा लिइरहेका थिए । हप्तामा दुईपटक नियमित डायलासिस गरिरहेका युवकमा उच्च रक्तचापको पनि समस्या रहेको चिकित्सकले बताएका छन् ।

मिगौलापीडितसहित छ जनाको सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्