पछिल्लो २४ घण्टामा १५३९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, भदौ ३१। पछिल्लो २४ घण्टामा नेपालका विभिन्न जिल्लामा कोरोना भाइरसका १५ सय  ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५८ हजार ३ सय २७  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म ४१ हजार  ७ सय  जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा  १ हजार ६८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्