स्वास्थ्यकर्मीको सम्मानमा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा दीप प्रज्वलन



दीप प्रज्वलनपछि जिल्ला प्रशासन कार्यालय नुवाकोट

साझापथ संवाददाता

नुवाकोट,असोज १ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका क्रममा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सम्मानमा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बिहीबार साँझ ८ बजे दीप प्रज्वलन गरिएको छ।

विश्व विरामी सुरक्षा दिवसको अवसर पारेर स्वास्थ्यकर्मीहरुको सम्मानमा दीप प्रज्वलन गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

कोरोना संक्रमितहरूको मनोबल बढाउन यसअघि सरकारले असोज १ गते साँझ दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको थियो।

प्रतिक्रिया दिनुहोस्