बंगलादेशबाट मल ल्याउने मन्त्रीपरिषद्को निर्णय



काठमाडौं,असोज २। बंगलादेशले नेपाललाई युरिया मल दिन तयार भएपछि सरकारले मल ल्याउन प्रकृया अगाडि बढाएको छ । मन्त्रीपरिषद्को बैठकले बंगलादेशबाट युरिया मल ल्याउने आधिकारीक निर्णय गरेको कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुषालले बताए ।

नेपालमा युरिया मलको अभाव भएपछि सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल पैंचो माग गरेको थियो । सरकारल माग गरे अनुसार बंगलादेशले सो मल दिन तयार भएपछि आज सरकारले सो निर्णय गरेको हो । सरकारले निर्णय गरेसँगै भोलिदेखि टेण्डर आह्वान गरेर मल ल्याउने प्रकृयामा जाने मन्त्रालयले जनाएको छ । बंगलादेशले दिएको ५० हजार टन मल नेपालले आठ महिनाभित्र फिर्ता गर्नुपर्छ मन्त्रीपरिषद्को निर्णय आइसकेपछि मल ढुवानीका लागि सातको दिनको म्याद दिइ बोलपत्र आह्वान गरिनेछ ।

सरकारबाट ठेक्का लिएका शैलुङ इन्टरप्राइजेज प्रा।लि ललितपुर र होनिको मल्टिपल प्रालिले तोकिएको समयमा २५–२५ हजार टन युरिया मल आपूर्ति नगरेका कारण मलको हाहाकार भएको थियो । मलको हाहाकार भएपछि कृषि मन्त्रालयले बंगलादेशबाट मल ल्याउने पहल गरेको हो।

यो समाचार गोरखापत्र दैनिकले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्