नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३ सय ९० पुग्यो

काठमाडौं असोज २ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा २ महिला र ५ पुरुष छन् ।
मोरङका ६६ ६६ वर्षीय दुई पुरुष, काठमाडौँका ८८ वर्षीय पुरुष र ८५ वर्षीया महिला, भक्तपुरका ८२ वर्षीय पुरुष, ललितपुरकी ६६ वर्षीया महिला र नवलपरासीका ३१ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ९० पुगेको छ ।