डा. केसीलाई बलजफ्ती अस्पताल लगियो , अपहरण शैली अपनाएको आरोप



जुम्ला असोज ४ । स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले बलझफ्ती उठाएर अस्पताल लगेको छ ।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै १९ औं सत्याग्रहमा बसेका डा. केसीलाई करिब पौने ११ बजे प्रहरीले उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो ।

डा केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीले कार्कीले भने, ‘प्रहरी आएर जबर्जस्ती लगेछन् ।’

डा. केसीको नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसै अस्पताल लैजानुपर्ने सुझाव दिए पनि उनले अस्पताल जान मानेका थिएनन् । डाक्टर केसीले माग पूरा गुर्नको साटो प्रहरीले अपहरण शैली अपनाएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्