यस वर्षको मदन पुरस्कार महारानीलाई



काठमाडौं असोज ४ ।

वर्ष २०७६ को मदन पुरस्कार महारानी उपन्यासले पाउने भएको छ ।

मदन पुरस्कार गुठीको साधारण सभा बैठकले मदन पुरस्कार महारानी उपन्यासको लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरेको हो ।

यस्तै वर्ष २०७६ को जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई दिइने भएको छ । विगत ६ दशकदेखि नेपाली गीत–सङ्गीत योगदान पुर्‍याएको भन्दै ठटाललाई जगदम्बा पुरस्कार दिइने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्