दुर्गा लामिछाने र शान्तीश्री परियारको आवाजमा ‘बनचरीे’ गीत सार्वजनिक



काठमाडौं,असोज ५ । धिताल फिल्मस्को निर्माणमा गायक दुर्गा लामिछाने र शान्तीश्री परियारको सुमधुर आवाजमा रहेको गीत नयाँ ‘बनचरीे’ गीत सार्वजनिक भएको छ ।

चर्चित गीत ‘अन्तिम घडिमा’को अपार सफलता पछि चर्चित सर्जक सन्तोष सुवेदीको शब्द तथा थेगोमा र देव सेनको लयमा सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल, कृष्ण पन्त र गजेन्द्र पन्तको अभिनय रहेको छ । चर्चित भिडियो निर्देशक होम धितालको निर्देशन, निरेन श्रेष्ठको कोरियोग्राफी तथा मरुभूमि नारायणको छायांकन रहेको उक्त गीतमा चर्चित भिडियो सम्पादक रोशन धितालको सम्पादन रहेको छ ।

बल्छि धुर्बे यूट्युब च्यानल मार्फत सार्वजनिक गीत अत्यन्तै राम्रो र समय सान्दर्भिक रहेको प्रतिक्रिया आइरहेको बताइएको छ ।

गीतको भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्