सप्तरीको रुपनी गाउँपालिका ६ का वडाध्यक्षको निधन



सप्तरी असोज ५ । सप्तरीको रुपनी गाउँपालिका ६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको सोमबार ५४ वर्षका उमेरमा निधन भएको छ । केही महिनादेखि बिरामी मगरलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले मृत घोषणा गरेपछि उनको शव घर ल्याउन लागिएको रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिए ।

उनी गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा ५६६ मत ल्याएर निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्