२४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ७४, नुवाकोटमा ५ जनामा कोरोना पुष्टि [हेरौं जिल्लागत तथ्यांक]



२४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ७४, नुवाकोटमा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना संक्रमित थपिएका छन् ।

यस्तै काठमाडौंसँग सीमा जोडिएको जिल्ला नुवाकोटमा ५ मा संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टाको अवधिमा देशभर ११ सय ५४ संक्रमित थपिए छन् । यो सँगै संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । सोही अवधिमा १ हजार ५ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको प्रवक्ता गौतमले बताए ।

नेपालमा २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । कोरोनाबाट मर्नेको संख्या ४ सय २७ पुगेको छ ।

हेरौं २४ घन्टामा थपिएका जिल्लागत कोरोना संक्रमित

स्रोत ; स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रतिक्रिया दिनुहोस्