वाग्मती प्रदेश : मकवानपुर दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो



मकवानपुर असोज ५ । मकवानपुरको राक्सिराङमा भएको बलेरो दुर्घटनामा मृत्युहुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका २७ वर्षीय सुजन शाहीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो मनहरीबाट सरिखेत जाँदै गरेको ग १ ज ७१७५ नम्बरको बोलेरो दुर्घटनामा दुई बालकको घटनास्थलमै मृत्यु भएको थियो भने शाही गम्भीर घाइते भएका थिए । शाहीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्