गौतमको मनोनयनविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं, असोज ६ । राष्ट्रिय सभामा मनोनयन भएका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।संविधानविपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्तिविरुद्ध रिट दायर गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी थिइन् । गौतम २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्