नेपाल एयरलाइन्सले काठमाडौँ-कतार थप ४ उडान गर्ने



काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौँ-कतार थप ४ उडान गर्ने भएको छ ।कतारस्थित नेपाली दूतावासका अनुसार दोहा-काठमाण्डौ सेक्टरका लागि थप ४ उडान हुने भएका हुन् ।

सेप्टेम्बर २६, २७, २९ र ३० तारिखका लागि तय भएको उडानका लागि दूतावासमा नाम दर्ता गराएकाहरु मध्ये ९५६ जनाको नामावली पनि सार्वजनिक गरिएको छ ।

यसअघि नाम प्रकाशित भई विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुलाई समेत टिकट लिन दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्