बर्दियामा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु



बर्दिया असोज ७ । कोरोना भाइरसबाट ‍ बर्दियाको बारबर्दिया नगरपालिका ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बुधबार बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए । योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेतका र बर्दियाका गरी कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्