बामदेवलाई थप संवैधानिक जिम्मेवारी लिने दिने कार्य रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं,असोज ८ । नेकपाका नेता बामदेव गौतमलाई सर्वोच्च अदालतले थप संवैधानिक जिम्मेवारी लिने दिने कार्य रोक्न अन्तरिम आदेश जारी गरेको छ । बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा गरिएको नियुक्तिको विषयलाई पनि यथास्थितिमा राख्न भनिएको छ ।
गौतमलाई राष्ट्रियसभा सदस्य पदमा नियुक्त गरेको विषयमा अधिवक्ता दिनेश त्रिपाठी र अन्यले दायर गरेको मुद्दाको सुनुवाइका क्रममा असोज १४ गतेसम्म थप संवैधानिक जिम्मेवारी लिने दिने कार्य नगर्नु नगराउनु भन्ने आदेश न्यायाधीश डा.आनन्द मोहन भट्टराइको इजलासबाट भएको हो । साथै सो रिटको टुङगो संवैधानिक इजलासबाट हुनु पर्ने कुरा आदेशमा उल्लेख गरिएको छ।
यो समाचार गोरखापत्र दैनिकले प्रकाशन गरेको छ ।