मध्यान्हदेखि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा



चितवन असोज ८ । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँगै दुईतर्फी सडक सञ्चालनमा आएको छ ।

बिहीबार अपराह्न १२:५ बजे पहिरो पन्छाइएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा बुधबार राति ९:२० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो स्थानमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको हो । सोही सडकखण्डको पाँच किलोमा सडक एकतर्फी सञ्चालनमा रहेको छ ।

उता पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सवारी साधन सञ्चालनमा आएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्