पछिल्लो २४ घण्टामा १४ सय ९७ जना कोरोना संक्रमित थपिए



काठमाडौं असोज ८ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमिको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ सय ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ। यस्तै ६ हजार ५ सय ६५ जना क्वारेन्टिनमा छन्।

प्रतिक्रिया दिनुहोस्